आदरणीय नर्वेमा बसोबास गरिरहनुभएका सम्पूर्ण नेपालीजनहरू,
नमस्कार!
हामी “नमस्ते आर्कटिक” नामक गैर आवासीय नेपाली संघ (NRNA) नर्वेको बुलेटिन प्रकाशन गर्न गइरहेको जानकारी गराउन पाउँदा अत्यन्त हर्षित छौं। यस महत्त्वपूर्ण अभियानमा तपाईंहरूको सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौं। हाल हामी विभिन्न लेख रचना संकलन गर्दैछौं।
हामी तपाईंहरूलाई नेपाली, अंग्रेजी, वा नर्वेजियन भाषामा लेख्न आमन्त्रित गर्दछौं। तपाईंका लेख, कविता, निबन्ध, कथा, र व्यक्तिगत अनुभवका लेख रचनाहरूलाई हामी सादर स्वागत गर्दछौं। तपाईंका रचनाहरूले हाम्रो प्रकाशनलाई अझ आकर्षक बनाउनेछ र हाम्रो समुदायलाई प्रेरणा प्रदान गर्नेछ।
कृपया तपाईंहरूले तयार पारेका लेख रचनाहरू गैर आवासीय नेपाली संघ (NRNA) नर्वेको ईमेल ठेगानामा (no.generalsecretary@nrna.org,
norway@nrna.org, nrnanor@gmail.com) पठाउनुहोस्। तपाईंको योगदानका लागि हामी सधैं आभारी रहनेछौं।
आशा छ, तपाईंहरूले यो अवसरको लाभ उठाउनुहुनेछ र हाम्रो प्रयासमा सहभागी भई आफ्नो योगदान प्रदान गर्नुहुनेछ।
धन्यवाद।
शुभकामनासहित,
नमस्ते आर्कटिक प्रकाशन टिम
गैर आवासीय नेपाली संघ (NRNA) नर्वे
