दुतावासको घुम्ती सेवा पूर्व एनआरएनए नर्वेको सहयोग डेस्क

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद नर्वेको पहल तथा सहकार्यमा डेनमार्क स्थित दुतावासले यहि मे महिनको ११ र १२ तारिखमा एनआरएनए नर्वेको कार्यालयबाट राहदानी लगायतका सेवा प्रदान गर्दैछ। राहदानी फारम लगायतका प्रकृयामा सहयोग तथा परामर्शका लागि एनआरएनए नर्वेका पदाधिकारीहरु तथा स्वयंसेवकहरुले केहि दिन यता एनआरएनए नर्वेको कार्यालयबाट सहयोग प्रदान गर्दै आइरहनु भएको जानकारी गराउदछौं। यस प्रयोजनार्थ सहयोग तथा परामर्शका लागि तल उल्लेखित पदाधिकारीहरुलाई सम्पर्क गर्न सक्नु हुनेछ।

May 11 र 12 मा नेपाली दुताबासबाट प्रदान गरिने घुम्ती सेवा प्राप्त गर्न लागि – 

१, राहदानीको लागि आबेदन भरिसक्नु भएकाहरुले Verification भएको जानकारी पाइसक्नु भयो होला र आबेदन भर्नु भएको छैन भने पनि छिट्टै भर्न अनुरोध गर्दछौ। राहदानी आवेदन पुरा भए पछि तपाइले फाराम डाउनलोड गर्नु होस् ।डाउनलोड गरेको फाराम (छेउमा बारकोड सहितको) verification का लागि दूतावासको इमेल nepalpassport@gmail.com मा पठाउनु होस् । 

याद गर्नुहोस्: फाराम verification दूतावासबाट मात्र हुन सक्ने भएकोले सो नभएसम्म आवेदन दिन सकिँदैन । तसर्थ इमेलमा फाराम पठाए पछि verify गरेको सुनिश्चित गर्नु होला । सामान्यतः फाराम पठाएको २ कार्य दिन भित्र इमेल मार्फत verify गरेको confirmation आउने छ । सो अवधिमा confirmation नआएमा दूतावासको फोन नम्बर +45444026 मा कार्यालय समयमा फोन मार्फत सम्पर्क गर्नु होला । 

२, फाराम verification को सूचना प्राप्त भए पश्चात् बैङ्क transfer गरी राजस्व पठाउनु होस र सो को विवरण इमेल ( nepalpassport@gmail.com ) मार्फत पठाउनुहोस् । राजस्व transfer हुन १-२ दिन लाग्ने भएकोले मेई ८ गते भित्रमा राजस्व प्राप्त गरेको पत्र आउने गरि अनिवार्य राजस्व पठाउनु होला । तपाइँले राजस्व पठाए तापनि दूतावासको खातामा रकम जम्मा नभएसम्म सेवा उपलब्ध हुने छै। राजस्वको लागि यो लिंकमा https://dk.nepalembassy.gov.np/passport/ बताइए बमोजिम गर्न गर्नुहोस। 

३, यदि यहाँहरुको Passport लगायत कागजपत्रहरु दुताबासमा बनेर तयार छ भन्ने जानकारी हजुरहरुलाई आएको छ भने यहि आउदो May 11 र 12 मा नर्वेको ओस्लोमा घुम्तिसेवा प्रदान गर्न आउने समयमा टोलि संगै लिएर आउन अनुरोध गर्न सकिन्छ। त्यसका लागि दुताबासको nepalpassport@gmail.com मा निबेदन दिनु होला र हामीलाई पनि जानकारी गराउन हुन अनुरोध गर्दछौ। 

४, May 11 र 12 उपस्थित हुदा यहाहरुले अनिबार्य रुपमा Verified भएको फर्म र दुताबासबाट दस्तुर प्राप्त भएको Conformation letter लिएर आउनुहोला। 

सम्पर्कको लागि – 

बिष्णु गौतम – 96679139 

इश्वोरी प्रसाद खनाल – 40197615

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top