एनआरएनए नर्वे कार्यसमिति बैठक फेब्रुअरी २०२४का मुख्य निर्णयहरु –

१. विभिन्न चरणमा कार्यसमितिमा मनोनयन गरिएका पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ।

२. मार्च १० मा आयोजना गर्न लागिएको चिल्ड्रेन ट्यालेन्ट शो को नाम परिवर्तन सहित कार्यक्रम संयोजक पशुपति प्रसाद भण्डारीले प्रस्तुत गर्नुभएको कार्यक्रमको खाका पारित गरिएको छ।

३. बैठकले क्षेत्रीय समिति विस्तार सम्बन्धमा उपाध्यक्ष अनुश खड्काको संयोजन रहेको उपसमिति विस्तार गर्दै नर्वेका विभिन्न क्षेत्रमा रहनु भएका नेपालीहरु संग संवाद बढाउने निर्णय गरेको छ।

४. बैठकले संस्थाको वेबसाइट निर्माणमा खटिनु हुने उपाध्यक्ष अनुश खड्का र सचिब प्रविण पराजुलीलाई धन्यवाद व्यक्त गरेको छ।

५. बैठकले सफल पर्वतारोही द्वय क्रिस्टिन हरिला र तेन्जेन लामाको सम्मानमा जुनमा कार्यक्रम गर्ने गरि संयोजनको जिम्मा सचिब प्रविण पराजुलीलाई दिएको छ।

विविध
क) लेखक भरत कुमार श्रेष्ठको प्रकाशोन्मुख पुस्तक नेपालमा अबको बाटोको सिलसिलामा नर्वे भ्रमणमा आउदा अनौपचारिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ।

ख) बैठकले महिला संयोजक श्रद्धा सिंह थापालाई मास्टरकार्डको तर्फ बाट प्राप्त मेडिकल किट स्वीकार गरि प्रभावकारी वितरणका लागि आवश्यक समन्वय गर्ने निर्णय गरेको छ।

ग) बैठकले नेपोसले आयोजना गर्न लागेको बास्केट बल प्रतियोगितामा संस्थाको तर्फ बाट संयोजनको जिम्मा युवा संयोजक असिम लम्साललाई प्रदान गर्दै आगामी दिनमा खेल र स्वास्थ्य सम्बन्धमा कार्यक्रम गर्न अन्य संघ संस्था तथा अनुदान दिने निकायहरुसंग संवाद अघि बढाउन सल्लाह दिएको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top