आदरणीय पञ्जीकृत सदस्यहरू,
गैर आवासीय नेपाली संघ, नर्वे, कार्यकाल २०२५–२०२७ को लागि नयाँ समिति गठनको सन्दर्भमा निर्वाचन समिति ले प्रकाशन गरेको सूचना पश्चात् निम्न पदहरू मा देहाय बमोजिम का सदस्यहरूले निवेदन दर्ता गर्नु भएको व्यहोरा जानकारी गराउन चाहन्छौं।
उक्त उम्मेदवारीहरू उपर दाबी, विरोध वा उम्मेदवारी फिर्ता लिनु परेमा यसै सूचना लाई आधिकारिक मानी 22 July 2025 को मध्यरात (23:59 बजे) भित्र निर्वाचन समितिसमक्ष पेश गर्नुहुन अनुरोध गरिन्छ।
Email: nrnanorwayelection25@gmail.com
Mob: +४७ ९०४ १० ५२१
भवदिय
निर्वाचन समिति २०२५
गैर-आवासीय नेपाली संघ, नर्वे

