सदस्यता प्रमाणिकरण र निर्वाचन समिति गठन

DATE: 25.05.2025

आदरणीय सदस्यज्यूहरू, अभियन्ताज्यूहरू तथा शुभेक्षुकज्यूहरु, नमस्कार

गैर आवासीय नेपाली संघमा केहि समययताका घटनाक्रमहरू र विधमान चुनौतीहरूबारे यहाँहरु सबै जानकार नै हुनुहुन्छ। संघको केन्द्रमा समस्या पर्दा त्यसको प्रत्यक्ष र अप्रत्यक्ष असर राष्ट्रिय परिषद सम्म पर्ने नै भयो।

यसक्रममा विभिन्न देशका राष्ट्रिय परिषदकमा विकसित घटनाक्रमलाई एनआरएनए नर्वेले सुक्ष्म विश्लेषण गर्ने मौका पायौं। ति सबै परिस्थिति बाट सिक्दै र  अत्यन्तै संवेदनशिल हुदै एनआरएनए नर्वेले केहि समययता समाजका सबै पक्षसंग सघन औपचारिक र अनौपचारिक छलफल जारी राखी नै राख्यो।

फलत: हाम्रो यो सानो र सहिष्णतायुक्त नर्वेको नेपाली समाजमा सबैको अपनत्व हुने गरि र निकट भविष्यमा एनआरएनको बिषयमा नेपालको सर्वोच्च अदालतको पूर्ण इजलासको निर्णय नै मान्ने गरि एनआरएनए नर्वेको वर्तमान कार्यसमितिले निम्नानुसार निर्णय गरेको छ।

१. कार्यसमितिले परिषदको अधिवेशन जुलाई २७, २०२५ मा गर्ने निर्णय गरेको छ।

२. २०२४ को साधारण सभाले कार्यसमितिलाई दिएको म्यान्डेट अनुसार कार्यसमितिले श्री निल अर्याल ज्यूको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको छ। समितिका सदस्यहरुमा श्री प्रबिण पराजुली, श्री बिक्रम बम, श्री पवन आचार्य र श्री जया सापकोटा ज्युलाई मनोनित गरिएको छ।

३. केन्द्रले तोकेको सदस्यता व्यवस्थापन प्रणालीमा सदस्यता प्रमाणिकरणका लागि कार्यसमितिले निम्नानुसार सदस्यता प्रमाणिकरण समिति गठन गरेको छ।

श्री बिष्णु गौतम – अध्यक्ष

श्री इश्वोरी प्रसाद खनाल – महासचिब

श्री पशुपति भण्डारी – कोषाध्यक्ष

श्री पबित्रा बस्नेत – आइसीसी सदस्य

श्री नवराज अधिकारी – सल्लाहकार तथा पुर्वउपाध्यक्ष

४. कार्यसमितिले एनआरएनएको सदस्यता औपचारिक वितरण सुरु गर्ने निर्णय गरेको छ। पहिलो पटक सदस्यको लागि आवेदन दिन अथवा सदस्यता नवीकरणको लागि Smart NRNA App मार्फत गर्नुहुन सबैमा हार्दिक अनुरोध गरिन्छ । सदस्यता शुल्क १५० क्रोनर रहेको निर्धारण गरिएको छ  । सदस्यता शुल्क संस्थाको VIPPS number 126634 अथवा  बैंक अकाउन्ट 15033223827 मा बुझाउन सक्नु हुनेछ र Message box मा Membership fee for भनेर आफ्नो नाम लेखिदिनु होला  ।आगामी अधिवेशनमा मतदानमा भाग लिन जुन २३, २०२५ २३:५९ भित्र सदस्यता शुल्क बुझाउनु हुन अनुरोध गरिन्छ। पहिले MIS भरिसक्नु भएकाको हकमा नबिकरण दस्तुर भुक्तानीको आधारमा र नया सदस्यताको लागि तोकिएको कागजातहरु submit गर्न अनुरोध गर्दछौ।

यस अभूतपूर्व सहमति जुटाउन र नर्वेको नेपाली समाज एनआरएनएको नाममा टुक्रिन नदिन अहोरात्र लागि पर्नु भएका संस्थाका सदस्यज्यूहरू, अभियन्ताज्यूहरू तथा शुभेक्षुकज्यूहरु प्रति कार्यसमिति सम्मान सहित हार्दिक आभार प्रकट गर्दछ।

विनित

बिष्णु गौतम – अध्यक्ष

इश्वोरी प्रसाद खनाल – महासचिव

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top