NRNA Norway द्वारा संचालन गरिने पासपोर्ट घुम्ति शिविरका लागि सम्भावित आवेदकहरूको तथ्यांक संकलन सम्बन्धी सूचना!!

NRNA Norwayले विगतका केहि वर्षहरुदेखि नेपाली समुदायलाई सहज रूपमा सेवा पुर्‍याउने उद्देश्यले वर्षमा दुई पटक पासपोर्ट घुम्ति शिविर नियमित रूपमा संचालन गर्दै आएको छ।

सन् २०२५ का लागि उक्त घुम्ति शिविर संचालन गरिसकिएको हुँदा, हामी आगामी वर्षको सुरुवातमै क्याम्प आयोजना गर्ने लक्ष्य राख्दैछौँ। त्यसैले, क्याम्पको उचित योजना बनाउनका लागि हामीले कति जना नेपाली नागरिकलाई पासपोर्ट सेवाको आवश्यकता छ भन्ने तथ्यांक संकलन गर्दैछौँ।

📌 यदि तपाईंलाई नजिकैको भविष्यमा मोबाइल क्याम्पमार्फत पासपोर्ट नवीकरण वा नयाँ पासपोर्ट बनाउने आवश्यकता परिरहेको छ भने, कृपया यहाँ दिईएको लिंकमा गई आफ्नो विवरण उपलब्ध गराइदिनुहोस्। यसले सेवाको तयारी, समय, स्थान तथा जनशक्ति व्यवस्थापनमा ठूलो सहयोग गर्नेछ।

हामी सबैको सहकार्यले आगामी वर्षको मोबाइल क्याम्प अझ प्रभावकारी र सहज हुने आशा राख्दछौँ।
धन्यवाद।
NRNA Norway

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top